विपक्षी गठबन्धनको बैठक बस्दै, ओलीविरुद्ध एकजुट भएर लड्ने – Nepal Press

विपक्षी गठबन्धनको बैठक बस्दै, ओलीविरुद्ध एकजुट भएर लड्ने

काठमाडौं । प्रतिनिधिसभा संवैधानिक रुपमै विघटन भएर मध्यावधि निर्वाचन घोषणापछिको रणनीति बनाउन विपक्षी गठबन्धनको संयुक्त बैठक बस्ने भएको छ ।

संविधानको धारा ७६ को उपधारा ५ वमोजिम सरकार गठन हुन नसकेपछि मध्यरातमा प्रतिनिधिसभा भंग भएको थियो । विपक्षी नेपाली कांग्रेस,माओवादी केन्द्र,जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षले यसको विरोध गरेको छ ।

अबको रणनीति बनाउन विहान ११ बजे संसद भवनमा संयुक्त बैठक बस्न लागेको कांग्रेसका नेता बालकृष्ण खाँडले जानकारी दिए । बैठकमा राष्ट्रिय जनमोर्चामा पनि सहभागी हुनेछ ।

राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान समाप्त पार्न लागेको भन्दै यो गठबन्धनले प्रतिवाद गर्ने चेतावनी दिएको छ । गठबन्धनको तर्फबाट कांग्रेस सभापति शेरहवादुर देउवालाई प्रधानमन्त्रीमा अघि सारिएको थियो ।

कांग्रेस नेता रामचन्द्र पौडेलले केपी ओलीविरुद्ध एकजुट भएर लड्न विपक्षी गठबन्धन बलियो बनाउनुपर्ने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर