माधव नेपालको आक्रोश-प्रतिगमन भाग २ को डटेर प्रतिवाद गरौं – Nepal Press

माधव नेपालको आक्रोश-प्रतिगमन भाग २ को डटेर प्रतिवाद गरौं

काठमाडौं । नकपा (एमाले)का वरिष्ठ नेता माधव कुमfर नेपालले संसद विघटन गरेर फेरि प्रतिगमन दोहोरिएको टिप्पणी गरेका छन् ।

षड्यन्त्रकारीको उक्साहटमा संसदको चीरहरण भएको भन्दै उनले यो यो व्यवस्था नै ‘कू’ गर्ने अग्रसर भएको आरोप लगाएका छन्।

‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ,’ नेपाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिगमन दोहोरिएको छ। संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो ।’

शीतल निवासले संविधानको मर्ममाथि कुठाराघात गरेको भन्दै नेता नेपालले यसको प्रतिवाद गर्न आह्वान गरेका छन्। ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ,’ उनको भनाइ छ, ‘यो प्रतिगमन भाग २ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु ।


प्रतिक्रिया

3 thoughts on “माधव नेपालको आक्रोश-प्रतिगमन भाग २ को डटेर प्रतिवाद गरौं

  1. शेरबहादुर देउवालाई ७६ (५) अनुसार प्रधानमन्त्री बनाउन नपाएपछि माधव कुमार नेपाल अर्थात देउवाका नयाँ कार्यकर्ता यो प्रतिगमन २ हो, डटेर सामना गरौं भनेर सामाजिक सञ्जालमा लेखेछन्। अब रौतहतमा आलमको उत्तराधिकारी हुने त होला। कम्न्युनिष्ट आन्दोलनभित्र कसरी घुसपैठ हुन्छ र तिनलाई मुख्य नेता बनाइन्छभन्ने कुरा माधव, झलनाथ र प्रचण्डलाई हरेर बुझ्नुपर्छ। नेपालको कम्न्युनिष्ट आन्दोलन सखाप बनाउन यी कुपात्रहरू प्रयोग भएका रहेछन्।

  2. वर्तमान अवस्थाको पहिलो जिम्मेवारी माकुने हुन् । आफनो सरकार र नेतृत्वका विरुद्ध प्रचण्डसंग मिलेर षडयन्त्र थालनी गरेको र गत भाद्र २८ गते आरोप पत्रको नामको कुण्ठापत्र पेश गरिपछि राजनीति विकसित हुँदै आजको दिनमा आएको हो । यतिमात्र हैन, एमाले हुँ भन्ने र एमाले र सूर्य चिन्ह विरुद्ध दुनिया हँसाउने गरि माकुनेहरुको निर्जल्लता जुन तरिकाले प्रदर्शन भयो, त्यो प्रवृत्ति नै आजको अवस्थाको द्योतक हो ।

  3. सहि भन्यौ, तर यो सब भाको तिमी जस्ता नालायक नेताले गर्दा हो। हेरौंला, यसपाली रौतहट बाट कसरी चुनाव जित्छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर