प्रतिनिधिसभा विघटन गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो : बाबुराम भट्टराई – Nepal Press

प्रतिनिधिसभा विघटन गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो : बाबुराम भट्टराई

काठमाडौं पूर्व प्रधानमन्त्री तथा जसपा संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले  प्रतिनिधिसभा विघटन गर्नु  संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच रहेको बताएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेपछि एकपछि अर्का नेता असन्तुष्टि जनाइरहेको बेला डा भट्टराईले यसलाई एकजुट भएर प्रतिवाद गर्न आग्रह गरेका छन् ।

उनले ट्वीटमार्फत् लेखेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक/असंवैधानिक/प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली-विद्या कुकर्म! यो कुनै मध्यावधि चुनाव हैन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपंच हो।एकजुट होऊॅ;प्रतिवाद गरौं !;


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर