स्वास्थ्य सामग्री महंगोमा बिक्री गर्ने मेडिकल सिल – Nepal Press

स्वास्थ्य सामग्री महंगोमा बिक्री गर्ने मेडिकल सिल

हेटौंडा । हेटौंडामा बजार मूल्यभन्दा दोब्बरमा स्वास्थ्य सामग्री बेचेको आरोपमा एक मेडिकल सिल गरिएको छ ।

शुक्रबार जिल्ला प्रशसन कार्यालय मकवानपुरले गरेको अनुगमनमा मेडिकलले अक्सिमिटर बजार मुल्य भन्दा निकै महंगोमा बिक्री गरेको जनाउँदै राप्तीरोडमा रहेको ‘सान्वी मेडिको’ मेडिकल सिल गरेको हो ।

साथै मेडिकलका स्वास्थ्यकर्मी हेटौंडा-७ की २५ वर्षीया निशा आचार्य र हेटौंडा-९ की १८ वर्षीया मनिता मल्ललाई नियन्त्रणमा लिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्मा सहित उपभोक्ता हित तथा संरक्षण मञ्च सहितको टोलीले अनुगमन गरेको थियो । सिल गरिएको मेडिकललाई कालोबजारी अन्तर्गतको मुद्धा चलाइने जनाइएको छ । उनीहरुलाई सोधपुछको लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको छ ।

२८ वटा सवारी साधन नियन्त्रणमा
निषेधाज्ञाको अवधिमा पनि सवारी साधन चलाएको जनाउदै वाग्मती प्रदेशको राजधानी हेटौँडाबाट सोमवार २८ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञालाई कार्यान्वयन गराउने क्रममा मकवानपुर प्रहरीले ति सवारी साधन नियन्त्रणमा लिएको हो ।

मकवानपुरमा कोरोना संक्रमण नियन्त्रण तथा व्यवस्थापनको लागि गत वैशाख २० गतेदेखी लागू गरिएको निषेधाज्ञा हालसम्म जारी छ ।

नगरकार्यपालिका सदस्यको मृत्यु
हेटौंडा उपमहानगरपालिकाका नगरकार्यपालिका सदस्य रत्नलाल विश्वकर्माको शुक्रबार कोरोना सङ्क्रमणको कारण मृत्यु भएको छ । नेकपा एमालेको जिल्ला सदस्य समेत रहनुभएका विश्वकर्माको ५८ वर्षको उमेरमा उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो ।

रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर