राष्ट्रपतिको कदमप्रति माओवादीको टिप्पणी : मध्यरातमा डकैती गरियो – Nepal Press

राष्ट्रपतिको कदमप्रति माओवादीको टिप्पणी : मध्यरातमा डकैती गरियो

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले प्रधानमन्त्रीका लागि दुवै पक्षले गरेका दावीलाई अस्वीकृत गर्ने राष्ट्रपतिको निर्णयलाई ‘मध्यरातमा डकैती गरेको’ संज्ञा दिएका छन् ।

‘मध्यरातमा डकैती गरियो,’ उनले ट्वीटरमा लेखेका छन्, ‘ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’

संविधानको धारा ७६(५) बमोजिम केपी शर्मा ओली र शेरबाहादुर देउवाले गरेको दावीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकृत गरेकी छिन् । राष्ट्रपतिको उक्त निर्णय सँगै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

सम्भवतः मन्त्रिपरिषद् बैठकबाट संसद विघटनको सिफारिस हुने छ।


प्रतिक्रिया

One thought on “राष्ट्रपतिको कदमप्रति माओवादीको टिप्पणी : मध्यरातमा डकैती गरियो

  1. त्यसको अर्थ बडामहारानी बिद्यादेवी भण्डारी शासन हुनेभयो। अब नेपालले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन पद्धतिमा जाने बाटो खोज्यो। तर यसको लागि धेरै नेपालीको रगत बग्ने देखिन्छ।

Leave a Reply to जय साम्पाङ Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर