योगेशले भने- सही गरेँ कि गलत ? इतिहासको कठोर मुल्यांकनमा खडा छु – Nepal Press

योगेशले भने- सही गरेँ कि गलत ? इतिहासको कठोर मुल्यांकनमा खडा छु

काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको स्वीकारेका छन् ।

माधव नेपाल पक्षका २८ जनामध्ये २६ जनाकोमात्र हस्ताक्षर पेश भएकोमा भट्टराई र जयकुमार राईको छैन ।

भट्टराईले शुक्रबार साँझ सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू इतिहासको कठोर मुल्यांकनमा खडा भएको बताएका छन् ।

भट्टराईले भनेका छन्- मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेंकी, गलत गरें ईतिहासको कठोर मुल्याङ्कनमा खडा छु ।

एमालेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्टसहित सांसदहरु दिपकप्रकाश भट्ट, गणेश पहाडी लगायतले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको भने पनि उनीहरुको आधिकारिक वक्तव्य आएको छैन । पाण्डेले भने नेपाल प्रेससँग कुरा गर्दै पूरानै हस्ताक्षर प्रयोग भएको हुन सक्ने बताएका छन् ।

यो पनि पढ्नुस् :

सुरेन्द्र पाण्डेले भने- देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन, पुरानो हस्ताक्षर दुरुपयोग भयो

सांसदको हस्ताक्षरबारे एमाले कार्यदल बैठकमा माधव पक्षकै दुईथरी मत

राष्ट्रपतिलाई एमाले सांसदको पत्र–मेरो हस्ताक्षर दुरुपयोग भयो

देउवालाई प्रधानमन्त्री बनाउन योगेश पनि असहमत, गरेनन् हस्ताक्षर


प्रतिक्रिया

One thought on “योगेशले भने- सही गरेँ कि गलत ? इतिहासको कठोर मुल्यांकनमा खडा छु

  1. सतप्रतिशत सहि गर्नु भयो किनकि अरु पार्टिको नेतालाइ प्रधानमन्त्रि बनाउन जनताले तपाइंलाइ भोट दिएका होइनन् र तपाइंले त्यसो भनेर भोट माग्नु भएको पनि होइन् होला. विधि र विधानकालागि आन्तरिक विमर्श जरुरिछ . बिच बाटोमै जनतालाइ धोका दिनेहरु धोकेवाज हुन्.

Leave a Reply

Your email address will not be published. Required fields are marked *