नेपाललाई सघाउन बेलायती सेनाको चिकित्सा टोली काठमाडौं आउँदै – Nepal Press

नेपाललाई सघाउन बेलायती सेनाको चिकित्सा टोली काठमाडौं आउँदै

लन्डन । बेलायती सेनाले कोरोनाभाइरस महामारीविरुद्ध नेपाललाई सघाउन सैनिक चिकित्सक र सल्लाहकारको टीम काठमाडौं पठाउने भएको छ ।

बेलायती विदेशमन्त्री लर्ड अहमदका अनुसार आउँदो साता उक्त टोली नेपाली राजधानी पुग्नेछ ।

नेपालमा भाइरस संक्रमण भयावह बनेको र अस्पतालहरुमा अक्सिजन अभाव भएपछि सघाउन सैनिक चिकित्सा टोली र स्वास्थ्य सामाग्री पठाउन लागिएको मन्त्री अहमदले जनाएका छन् ।

बेलायती सेनाको गोर्खा ब्रिगेडले समाचारको पुष्टि गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर