माओवादी नेतामाथि गोली हान्ने पक्राउ – Nepal Press

माओवादी नेतामाथि गोली हान्ने पक्राउ

रुपन्देही । कपिलवस्तुमा नेकपा माओवादीका नेता दीपक पाण्डेसहित २ जनालाई गोली हानेर हत्या फरार भएका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ ५ गते राति ११ बजे कपिलवस्तु नगरपालिका ३ सडवामा लु ९ प ८५२१ नम्बरको मोटरसाइकलमा सवार माओवादीका जिल्ला नेता दीपक पाण्डे, भारतीय नागरिक इयाज अक्तर मुसलमान र इसाद खानमाथि गोली प्रहार गर्दा दुई जना गोली लागेर घाइते भएका थिए ।

गोली लागेका पाण्डे र मुसलमानको अहिले रुपन्देहीको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीले विशेष अनुसन्धान गरी व्यक्तिगत दुश्मनीको आधारमा पाण्डेको हत्या योजनामा गोली प्रहार गर्ने कपिलवस्तु नगरपालिका -१ आनन्दवागका ३९ वर्षीय ओमप्रकाश यादव र उनलाई सघाउने – २ का सागरटोलका ३३ वर्षीय साकिर अली पाखियालई प्रकाउ गरिएको जिप्रका कपिलवस्तुका डिएसपी धर्मराज भण्डारीले बताए ।

घटनामा प्रयोग भएको लु १६ प ३४९६ नम्बरको मोटरसाइकल र जंगी राउण्ड थान१ समेत प्रहरीले बरामद गरेको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *