राष्ट्रपतिलाई एमाले सांसदको पत्र–मेरो हस्ताक्षर दुरुपयोग भयो – Nepal Press

राष्ट्रपतिलाई एमाले सांसदको पत्र–मेरो हस्ताक्षर दुरुपयोग भयो

काठमाडौं । नेकपा एमालेका सांसद जयकुमार राईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सांसदको सूचीमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई पत्र पठाएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राईले आफू एमालेको सांसद रहेको र आफ्नो अध्यक्षको विरुद्धका विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको उनले पत्रमा उल्लेख गरेका छन् ।
माधव नेपाल पक्षका राई वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन भने अनुपस्थित रहेका थिए । पहिलेकै हस्ताक्षर दुरुपयोग भएको उनले बताएका छन् ।

प्रतिक्रिया

One thought on “राष्ट्रपतिलाई एमाले सांसदको पत्र–मेरो हस्ताक्षर दुरुपयोग भयो

  1. माधव नेपालको फर्जी कुकृत्यको विरुद्ध सहि निर्णय लिनु भयो जय कुमार राई ज्यू , मुरी मुरी धन्यवाद !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर