माधव पक्षका धराने सांसद राई भन्छन्- मैले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन – Nepal Press

माधव पक्षका धराने सांसद राई भन्छन्- मैले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन

इटहरी । सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य जयकुमार राईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताए ।

आफू एमाले विभाजनमा कुनै पनि हस्ताक्षरमा सहभागी नभएको राईले नेपाल प्रेसलाई बताए । उनले भने, ‘म एमाले एकताको पक्षमा छु। एमालेका लाखौं नेताकार्यकर्ताको भावनालाई सम्मान गर्दै म पार्टी विभाजनको पक्षमा कतै हस्ताक्षर गरेर सहभागी भएको छैन । हुन्न ।’

आफूले सदन विघटन अगाडि पुसमा सदन बोलाउने नाममा मात्रै हस्ताक्षर गरेको बताउदै राईले भने, ‘सदन बोलाउने कुरामा गरेको हस्ताक्षर देउवा प्रधानमन्त्री बनाउन भनेर प्रयोग भएको हो भने त्यो दुरुपयोग हो । मेरो त्यसमा कुनै समर्थन हुँदैन।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर