जसपाका यादव पक्षले भन्यो : कार्यकारिणी समितिको बैठक स्थगित भएको छैन – Nepal Press

जसपाका यादव पक्षले भन्यो : कार्यकारिणी समितिको बैठक स्थगित भएको छैन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव पक्षले कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् ।

जसपाकै अर्का अध्यक्ष महन्थ ठाकुरले ८ र ९ गते तोकिएको बैठक स्थगित भएको बताएका थिए । अध्यक्ष ठाकुरले बैठक स्थगित गरेको सूचना जारी गरे लगत्तै जसपाकै नेता अध्यक्ष उपेन्द्र यादवले विज्ञप्ति जारी गर्दै पार्टीको कार्यकारिणी समितिको बैठक स्थगित नभएको बताएका छन् ।

जसपा नेता यादवले देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरूमा विचार-विमर्श गरी निष्कर्षमा पुग्नु पर्ने भएको हुँदा ८ र ९ गते कार्यकारिणी समितिको बैठक राखिएको बताए ।

उनले पुर्वनिर्धारित बैठक स्थगित नभएकाले सबै पदाधिकारी एवम् केन्द्रीय कार्यकारिणी समिति सदस्यहरुलाई बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

यसअघि जेठ ४ गते जानकारी गराएअनुसारको शनिबार र आइतबार बैठक बस्ने तय गरिएको थियो । जसपा ठाकुर पक्षले कोभिड- १९ को बढ्दो महामारीको अवस्थाको कारणले अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बैठकमा केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्यहरुलाई बोलाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *