९९ स्पेनी पर्वतारोहीलाई उद्दार उडानमार्फत देश फर्काइयो – Nepal Press

९९ स्पेनी पर्वतारोहीलाई उद्दार उडानमार्फत देश फर्काइयो

काठमाडौं । लकडाउनको कारण नेपालमा अलपत्र परेका एकसय स्पेनी नागरिकलाई शुक्रबार उद्दार उडानमार्फत देश फर्काइएको छ ।

स्वास्थ्य सामाग्री लिएर विहिबार काठमाडौं आइपुगेको चार्टर्ड जहाजबाटै उनीहरुलाई लगिएको हो ।

स्पेनी सरकारले व्यवस्थापन गरेको जहाजमा ९९ जना स्पेनी पर्वतारोहीलाई फिर्ता लगिएको जनाइएको छ । अप्रिल २९ मा पुनः लकडाउन हुनुअघि ती पर्वतारोही र पदयात्री नेपालमा आइपुगेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर