सरकार र जसपाबीच अर्को सहमति, बन्यो संविधान संशोधन कार्यदल – Nepal Press

सरकार र जसपाबीच अर्को सहमति, बन्यो संविधान संशोधन कार्यदल

काठमाठौं । सरकारले संविधान संशोधनका लागि अध्ययन गरी सुझाव दिन कार्यदल गठन गरेको छ।

जनता समाजवादी पार्टीले उठाउँदै आएको माग सम्बोधन गर्न बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पाँच सदस्यीय र्कायदल बनाउने निर्णय गरको थियो ।

कार्यदलमा सरकारका तर्फबाट प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, पूर्व महान्यायधिवक्ता अग्नि खरेल र एमाले सांसद कृष्णभक्त पोखरेल छन् । त्यस्तै जनता समाजवादी पार्टीका तर्फबाट महन्थ ठाकुर पक्षका लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । रिमाल, कर्ण र शुक्ल यसअघि सरकार र जसपाबीच वार्ता गर्न बनेको कार्यदलमा थिए।

कार्यदलले संविधानका कुन विषय संशोधन गर्ने, कहाँ-कहाँ सुधार गर्नुपर्ने छ भनेर अध्यन गरी सुझाव दिने छ । यसका लागि थप कार्यादेश प्राप्त भैनसेको कार्यदल सदस्य खरेलले जानकारी दिए ।

जसपाका बरिष्ठ नेतार राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न तयार भएको बताएका छन् ।

‘बल्ल हिजो औचित्य र आवश्यकता कहिल्यै नदेख्ने प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो औचित्य, आवश्यकता देखे,’ सिंहदरबास्थित आफू पक्षीय सांसदहरूको बैठकमा जानुअघि संवादाताहरू उनले भने, ‘संविधान संशोधन सुझावका लागि हिजो मन्त्रिपरिषद्‍बाट कार्यदल गठन भएको छ । अब संविधान संशोधन अगाडि बढाउनलाई के-के अगाडि बढाउने हो त्यसमा छलफल हुन्छ । त्यो कार्यदलले अध्यन गरेर सुझाव दिन्छ ।’

त्यस्तै जसापाको अर्को माग सम्बोधन गर्न सरकारले नागरिकता सम्बन्धी अध्यादेशसमेत ल्याएको छ। ‘यो देशका लाखौं नागरिक अधिकार नपाएर वञ्चित थिए,’ यसबारे उनले भने, ‘त्यो संवेदनशील विधेयक तीन वर्षदेखि अड्काएर राखेका थिए। अब यसमा पनि केही होला ।’


प्रतिक्रिया

One thought on “सरकार र जसपाबीच अर्को सहमति, बन्यो संविधान संशोधन कार्यदल

  1. संविधान संसोधन होला र खाउला मधेसीबादीहरू हो? २।३ चाहिन्छ भन्ने थाहा छैन??

Leave a Reply to गोविन्द Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर