राजेन्द्र महतो भन्छन्- औचित्य र आवश्यकता कहिल्यै नदेख्ने प्रधानमन्त्री हिजो संधिवान संशोधन गर्न तयार भए – Nepal Press

राजेन्द्र महतो भन्छन्- औचित्य र आवश्यकता कहिल्यै नदेख्ने प्रधानमन्त्री हिजो संधिवान संशोधन गर्न तयार भए

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली संविधान संशोधन गर्न तयार भएको बताएका छन् ।

‘बल्ल हिजो औचित्य र आवश्यकता कहिल्यै नदेख्ने प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो औचित्य, आवश्यकता देखे,’ सिंहरबारस्थित आफू पक्षीय सांसदहरूको बैठकमा जानुअघि संवादाताहरूसँग उनले भने, ‘संविधान संसोधन सुझावका लागि हिजो मन्त्रिपरिषद्‍बाट कार्यदल गठन भएको छ । अब संविधान संशोधन अगाडि बढाउनलाई के-के अगाडि बढाउने हो त्यसमा छलफल हुन्छ । त्यो कार्यदलले अध्यन गरेर सुझाव दिन्छ ।’

उनले नागरिकता सम्बन्धी अध्यादेशसमेत आएको बताए । ‘यो देशका लाखौं नागरिक अधिकार नपाएर वञ्चित थिए,’ उनले भने, ‘त्यो संवेदनशील विधेयक तीन वर्षदेखि अड्काएर राखेका थिए।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर