महाकालीमा पानीको सतह बढ्यो, १० कामदार टापुमा अलपत्र – Nepal Press

महाकालीमा पानीको सतह बढ्यो, १० कामदार टापुमा अलपत्र

कैलाली । महाकाली पुलमा काम गर्ने १० जना कामदार महाकालीको टापुमा फसेका छन् ।महाकाली नदीमा पानीको सतह बढ्दा उनीहरु नदिको बीच भागमा रहेको टापुमा फसेका हुन्।

२ दिन परेको लगातारको वर्षातले पानीको सतह बढेपछि कामदारहरु टपुमै अलपत्र परेका थिए । जिल्ला प्रहरी कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्री उनीहरुको उद्धारको लागि टोली परिचालन गरेको बताए ।

महाकालीको पानी गाउँ पस्दा भीमदत्त नगरपालिकाको वडा नं. ११, १२ र १३ का नगरीकन समेत प्रभावित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर