ओलीको चुनौती- सके मलाई हटाऊ, नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ – Nepal Press

ओलीको चुनौती- सके मलाई हटाऊ, नसके मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाऊँ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका छन् । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् ।

‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु,’ बालुवाटारमा सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, ‘तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ ।’

ओलीले आफूले आजै कांग्रेस सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको बताए । ‘आज बिहान मैले शेरबरहादुर देउवालाई फोन गरेर भनेँ- तपाईँहरू सरकार बनाउनुहोस् । होइन, भने आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रियस सरकार बनाउँ न त!’ उनले भने ।

ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने समेत बताए ।

‘सक्नुहुन्न भने मलाई सर्मथन गर्नुहोस्,’ उनले भने, ‘कसले विघटन गर्न खोज्यो संसद ? मलाई सर्मथन गर्नुहोस् । महामारीका बेला सबै सरकारमा सहभागी होऔं । यस्तो बेलामा हामी सबै मिलेर कोभिड-१९ विरुद्ध लडौँ । तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस्, रचनात्मक भूमिका हाम्रो हुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर