देउवा निवासपछि सिंहदरबारमा जुट्दै विपक्षी, तीन बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्ने – Nepal Press

देउवा निवासपछि सिंहदरबारमा जुट्दै विपक्षी, तीन बजे कांग्रेस संसदीय दलको कार्यालयमा बैठक बस्ने

काठमाडौं । राष्ट्रपतिले छोटो समय राखेर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा जुटेका विपक्षीहरूको छलफल सकिएकोछ ।

देउवा निवासबाट नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले बरिष्ठ नेता माधवकुमार नेपाल लगायत बाहिरिएका छन्।

बुढानीकण्ठको बैठकपछि विपक्षीहरु आ-आफ्नो दलमा आन्तरिक छलफलमा जुट्ने छन् । तीन बजेपछि फेरि विपक्षी दलहरुको संयुक्त बैठक हुने भएको छ।

आन्तरिक छलफल सकाएपछि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलहरुको बैठक हुने छ।

विपक्षी दललले राष्ट्रपतिविरुद्ध महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरिरहेका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर