देउवा निवासबाट बाहिरिँदै प्रचण्डले भने- धैरै विकल्पमा छलफल भइरहेको छ, छिटै टुङ्गोमा पुग्छौं – Nepal Press

देउवा निवासबाट बाहिरिँदै प्रचण्डले भने- धैरै विकल्पमा छलफल भइरहेको छ, छिटै टुङ्गोमा पुग्छौं

काठमाठौं । राष्ट्रपतिले सिधै धारा ७६(५) मा टेकेर नयाँ सरकार गठनका लागि आह्वान गरेपछि नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा विपक्षीहरुको छलफल जारी छ ।

तर, बैठककै बीच नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र एमाले बरिष्ठ नेता माधव नेपाल बाहिरिएका छन् । बाहिरिँदै गर्दा प्रचण्डले धेरै विकल्पहरूमाथि छलफल भइरहेको र चाँडै टुंगोमा पुग्ने बताए ।

‘छलफल भयो, छलफल जारी छ,’ संवाददाताहरूसँग उनले भने, ‘अहिले कुनै निर्णय भएको छैन। विकल्प धेरै छन्, त्यसमा छलफल भइरहेको छ। सायद एकछिन पछि हामी टुंगोमा पुग्छौं ।’

नेता नेपाले भने कुनै प्रतिक्रिया जनाउन मानेनन्। राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध महाअभियोग र प्रधानमन्त्री केपी शर्मा अ‍ोलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा विपक्षीहरू रहेका रहेका बुझिएको छ ।

एमालेकै नेता भीम रावल, माओवादी नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, जसापाका केही नेताहरु भने अझैं देउवा निवासमै छलफलमा छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर