संघिय सांसद शाह सवार गाडी दुम्कीबासमा दुर्घटना – Nepal Press

संघिय सांसद शाह सवार गाडी दुम्कीबासमा दुर्घटना

नवलपरासी । प्रतिनिधि सभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य अभिषेक प्रताप शाह सवार कार नवलपरासी पूर्व नवलपुरको विनयीत्रिवेणी-१ दुम्कीबासमा दुर्घटना भएको छ ।

इलाका प्रहरी कार्यालय दुम्कीबास नजिकैगाडी बा १५ च ७५२३ नम्बरको कार बिहान १० बजेको समयमा कार दुर्घटना भएको हो ।

कारमा सवार शाहसहित तिनै जनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय दुम्कीबासका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए ।

नयाँ सरकार गठनको लागि राष्ट्रपतिले आह्वान गरेपछि सृजित राजनीतिक अवस्थाको कारण उनी गृह जिल्लाबाट काठमाडौं जादै थिए ।
अहिले उनी दुम्कीबासको स्थानीय मेडिकलमा उपचाररत छन् ।

दुर्घटना पछि पार्टी केन्द्रीय कार्यालयको सम्पर्कमा भए शाहलाई दिउसो ४ बजेभित्र केन्द्रीय कार्यालय उपस्थित हुन भन्दै निर्देशन आएको बुझिएको छ ।

उनी विनयी त्रिवेणी गाउँपालिकाको सवारीमा काठमाडौं जाने तयारी गर्दै थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *