कांग्रेस पदाधिकारी बैठक जारी – Nepal Press

कांग्रेस पदाधिकारी बैठक जारी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे पदाधिकारी बैठक शुरु भएको छ ।

सभापति शेरबहादुर देउवाको निवास बुढालिकण्ठमा जारी बैठकमा कांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी, संसदीय दलका अधिकारी र केहि प्रभावशाली नेताहरु सहभागी छन् ।

हिजो साँझ राष्ट्रपति कार्यालयबाट आह्वान भएलगत्तै सभापति देउवाले आफनै निवासमा कांग्रेसको आकस्मिक बैठक बोलाएका थिए ।प्रधानमन्त्री पद खाली नभइ राष्ट्रपतिले नयाँ सरकार गठनका लागि सीमित समय दिएर आह्वान गरेपछि आकस्मिक बैठक बोलाएका हुन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको निर्णयबारे आधिकारिक धारण बनाउनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर