राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीको विकल्प खोज्न विवेकशील साझाको आग्रह – Nepal Press

राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीको विकल्प खोज्न विवेकशील साझाको आग्रह

काठमाडौं । विवेकशील साझा पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीमाथि महाअभियोग लगाउन माग गरेको छ ।

पार्टी प्रवक्ता शरदराज पाठकले शुक्रवार विज्ञप्ति जारी गर्दै संविधान र नागरिकको जीवन रक्षाका लागि राष्ट्रपतिमाथि महाअभियोग लगाउन र प्रधानमन्त्री केपी ओलीको विकल्प दिन संसदमा रहेका सबै विपक्षी दललाई आग्रह गरेका छन् ।

विकेशील साझा पार्टीले राष्ट्रपति सरकारको रबर स्ट्याम्परह बनेको र असंवैधानिक कदम चालेको आरोप लगाएको छ ।

वैकल्पिक सरकार गठनका लागि लगभग २० घण्टाको मा समय दिइनु ओलीलाई नै फेरि प्रधानमन्त्री बनाएर प्रधानमन्त्री बनाएर संसद विघटन गरी मध्यावधि चुनावको बहानामा मुलुकलाई अस्थिरतातर्फ होम्ने षडयन्त्र भएको आरोस सो पार्टीले लगाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर