एमाले महासचिवले भने- माधव समूहका निकृष्ट अपराधले एकताको वातावरण धमिलियो – Nepal Press

एमाले महासचिवले भने- माधव समूहका निकृष्ट अपराधले एकताको वातावरण धमिलियो

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले राष्ट्रिय सभाको निर्वाचनमा माधव नेपाल पक्षले लज्जास्पद नाटक देखाएको भन्दै ती क्रियाकलापमा क्षमा नहुने चेतावनी दिएका छन् ।

महासचिव पोखरेलले वक्तव्यमार्फत उपनिर्वाचनमा देखिएका हर्कतहरु अत्यन्तै निकृष्ट र अक्षम्य रहेको भन्दै एमालेभित्र बनिरहेको एकताको वातावरण धमिलिएको बताएका छन् ।

पोखरेलले माधव पक्षले अपराधपूर्ण काम गरेको भन्दै यी कामले पार्टी विधान, पद्दति, प्रक्रिया, नीति, निर्णय र निर्देशनको वकालत गर्दै भइरहेका नाटक मञ्चनको मुकुण्डो उदांगो भएको जनाएका छन् ।

पोखरेलले भनेका छन्- आफ्नै पार्टीका अध्यक्षलाई संसदमा विश्वासको मत दिन उपस्थित नहुने, कर्णालीको प्रदेश सभामा फ्लोर क्रस गर्ने, लुम्विनीमा त्यसैको पुनरावृत्ति गर्न खोज्ने , ‘सूर्य’ चिन्ह बाहक आफ्नै उम्मेदवारलाई हराउन विपक्षीहरुको गोटी बन्ने तर अनेक भ्रमपूर्ण र आपराधिक समाचारहरू सम्प्रेषण गर्ने जस्ता निर्लज्ज र अपराधपूर्ण कामहरू कम्युनिष्ट आन्दोलन र संसदीयर लोकतान्त्रिक आन्दोलनका लागि लज्जास्पद विषय हुन् ।

महासचिव पोखरेलले राष्ट्रिय सभा निर्वाचनको परिणामले एमाले विरोधी महा गठबन्धनको भन्दा एमालेका बलियो उपस्थिति रहेको र आउने चुनावहरुमा एमालेसँग सबै मिले पनि प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् ।


प्रतिक्रिया

One thought on “एमाले महासचिवले भने- माधव समूहका निकृष्ट अपराधले एकताको वातावरण धमिलियो

  1. यी कथित महासचिव नै महाअपराधी, महाभ्रष्टाचारी र महाविखण्डनकारी हुन् । यस्ता नालायकले बकवास गरिरहन र यस्ता लठैतका गतिविधिलाइ यत्तिकाे महत्त्व दिएर मिडियामा स्थान दिनु जनताप्रतिकाे ठूलाे बेइमानी हाे ।

Leave a Reply to Ganesh Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर