संसद र संविधान फाल्ने षड्यन्त्र भयो : पौडेल – Nepal Press

संसद र संविधान फाल्ने षड्यन्त्र भयो : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले २४ घण्टाको पनि समय नदिइकन नयाँ सरकार गठनको आह्वान गर्नुले संविधान असुरक्षित भएको पौडेलको टिप्पणी छ ।

सामाजिक सञ्जालमार्फत् पौडेलले नयाँ सरकार गठनका लागि तीन दिनको समय दिने प्रचलन रही आएको बताएका हुन् ।

पौडेलले लेखेका छन् :

राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिइकन संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु भनेको संसद विघटन गरेर संविधान फाल्ने षड्यन्त्र हो ।

सामान्यतया नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिने प्रचलन हो । तर एकाएक २४ घण्टाको पनि समय नदिइ सरकार गठनको आह्वान गर्नु भनेको संसदलाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भन्दा अरु केहि हुन सक्दैन् ।

यो अवस्थामा सम्पुर्ण राजनीतिक दलहरुलाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न हार्दिक अपिल गर्दछु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर