कांग्रेसले भन्यो- नयाँ सरकार गठनको आह्वान असंवैधानिक र आपत्तिजनक – Nepal Press

कांग्रेसले भन्यो- नयाँ सरकार गठनको आह्वान असंवैधानिक र आपत्तिजनक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्नु आपत्तिजनक र असंवैधानिक भएको जनाएको छ ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत भएको बताए ।

‘सबैभन्दा ठूलो दलको हैसियतामा प्रधानमन्त्री नियुक्त हुनुभएका केपी शर्मा ओलीले संविधानबमोजिम सदनमा विश्वास मत लिनुभएको छैन । उहाँले राष्ट्रपतिसमक्ष राजीनामा दिएको र स्वीकृत भएको पनि देखिदैन । कुन संवैधानिक व्यवस्था अनुसार नयाँ सरकार गठनको पहल गर्नुभएको हो ? यसमा हाम्रो आपत्ति छ’, खाँडले नेपाल प्रेससंग भने ।

राष्ट्रपतिले दिएको समयसीमा पनि हास्यास्पद भएको बताए । ‘नयाँ सरकार गठनजस्तो गम्भीर विषयमा केही घण्टाको अवधी तोकिनु आश्चर्यको विषय छ । यसबारे भोली बिहानै छलफल गरेर थप कदम चाल्नेछौं’, खाँडले भने ।

राष्ट्रपति भण्डारीले शुक्रबार साँझ ५ बजेभित्र ७६ (५) अनुसारको नयाँ सरकार गठनका लागि आह्वान गरेसंगै कांग्रेसले प्रतिक्रिया जनाएको हो ।


प्रतिक्रिया

One thought on “कांग्रेसले भन्यो- नयाँ सरकार गठनको आह्वान असंवैधानिक र आपत्तिजनक

  1. हैन नैतिकता नभए पछि त जे गरेपनी हुने रैछ त। अनि यस्ता नैतिक पतन भएकालाई संविधानमा कारबाहीको बेबस्था छैन भन्या, नभए यस्तो संविधानको के काम ? कस्का लागि हो यो संविधान? भ्रष्टाचारि, देशद्रोहि, लेन्डुपे नेताहरुको लागि हो! संविधान पनि पढ्न अल्छी गर्ने लाई खरिदार को त जागीर मिल्दैन देश को जिम्मा कसरी दिन मिल्छ???

Leave a Reply to प्रकाश शर्मा Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर