राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दावी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको म्याद – Nepal Press

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दावी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको म्याद

संसद संविधान बमोजिम नै विघटनको दिशामा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गरेकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन् ।

राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै आज जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।

उपधारा ३ बमोजिम प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले विश्वासको मत प्राप्त नहुने देखी मार्ग प्रशस्त गरेकाले अब उपधारा ५ बमोजिम शुक्रबार साँझसम्म वैकल्पिक प्रधानमन्त्रीले बहुमत सदस्यको विश्वास प्राप्त गर्ने आधार पेश गर्नुपर्नेछ ।

प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत पाप्त गर्न सक्ने कुनै सदस्यले प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले त्यस्तो सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था उपधारा ५ मा छ ।

फेरि पनि विपक्षी गठबन्धनले भोलि साँझसम्म दुई वा दुई भन्दा बढी दलको वहुमत पेश गर्नुपर्ने हुन्छ । जुन प्रयास यसअघिनै असफल भएर ओली नै प्रधानमन्त्री नियुक्त भएका थिए ।

यदि राष्ट्रपतिले दिएको समयभित्र बहुमतको आधार प्रस्तुत गर्न नसकेमा प्रतिनिधिसभा संवैधानिक रुपमै भंग हुनेछ र केपी ओली कै नेतृत्वमा मुलुकमा चुनाव घोषणा हुनेछ ।

अहिलेसम्म जसपाको महन्थ ठाकुर पक्ष तटस्थ नै छ र ठाकुर पक्षको माग बमोजिम सरकारले बिहीबारमात्रै जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता प्राप्त गर्ने निर्णय समेत गरेको छ ।


प्रतिक्रिया

One thought on “राष्ट्रपतिद्वारा प्रधानमन्त्रीमा दावी पेश गर्न शुक्रबार साँझ ५ बजेसम्मको म्याद

Leave a Reply to Krishna Acharya Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर