जानकी नवमी: जानकी मन्दिरमा चढाइयो सवा किलो सुन – Nepal Press

जानकी नवमी: जानकी मन्दिरमा चढाइयो सवा किलो सुन

जनकपुरधाम । जानकी नवमीको अवसरमा जनकपुरस्थित जानकी मन्दिरमा मुख्य महन्थ रामतपेश्वर दास र एक महिलाले सुन चढाएकी छन् ।

महन्थ दासले एक किलो र निर्मला देवीले २५० ग्राम सुन चढाएकी हुन् । सुनलाई मन्दिरको आवश्यकता अनुसार प्रयोग गरिने बताइएको छ । भाकल अर्थात मनोकांक्षा पुरा भएपछि मन्दिरमा सुन चढाउने चलन छ ।

कोरोना महामारीका कारण भने जानकी मन्दिरमा सर्वसधारणले पूजापाठ गर्नबाट बञ्चित रहे । यद्दपी सिमित साधुसन्त र महन्थहरुले पूजापाठ गरेका छन् । कोरोनाकै कारण गतवर्ष पनि जानकी नवमी प्रभावित भएको थियो ।

महन्थ दासले घरबाटै माता जानकीको पूजापाठ गर्न श्रद्धालु भत्तजनमा अपिल गरेका छन् । मुख्यमन्त्री लालबाबु राउतले पनि आज विहानै शुभकामना सन्देश जारी गर्दै कोरोना महामारी अन्त्यका लागि घरमै माता जानकीसँग प्रार्थना गर्न अपिल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर