अदालतको आदेश कार्यान्वयन – ७ मन्त्री बैठकमा गएनन् – Nepal Press

अदालतको आदेश कार्यान्वयन – ७ मन्त्री बैठकमा गएनन्

काठमाडौं । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । नेकपा एमालेले गैरसांसद ७ मन्त्रीको नियुक्ति बदर गर्ने सर्वोच्च अदालतको फैसलापछि पहिलो बैठक बसेको हो ।

गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणी थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा बैठकमा उपस्थित छैनन् । उनीहरूको कुर्सि खाली राखिएको छ । पदमुक्त भएसँगै उनीहरू बैठकमा अनुपस्थित भएका हुन् ।

सत्तारुढ दल एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले अदालतको आदेशको सम्मान गर्ने बताएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर