६ अंकले बढेको बजारमा ९ अर्ब माथिको कारोबार – Nepal Press

६ अंकले बढेको बजारमा ९ अर्ब माथिको कारोबार

काठमाडौं । नेप्से परिसूचक आज ६.३७ अंकले बढेको छ । सामान्य बढेको नेप्सेमा कारोबार रकम भने बुधबारको भन्दा करिब ३ अर्ब रुपैयाँले कमी आएको छ ।

आज २ करोड १ लाख ३३ हजार ६०२ कित्ताको कारोबारमा ९ अर्ब ३० करोड ५२ लाख २२ हजार ४ रुपैयाँ बराबरको भएको छ । हिजो करीब ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

शुन्य दशमलव २३ प्रतिशतले बढेको बजार २७८७.१९ विन्दुमा रोकिएको छ । आज सबैभन्दा धेरै कारोबार नेपाल पनर्बीमा कम्पनीको ३४ करोड रुपैयाँ बराबरको भएको छ । यसैगरी, बैंक अफ काठमाडौंको ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज मन्जुश्री र गुणवील फाइनान्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी, समता लघुवित्तलगायत अन्य पाँच कम्पनीको शेयर कारोबार ९ प्रतिशतभन्दा बढीले बढेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर