प्रचण्डको नेतृत्वमा माओवादीको कोभिड नियन्त्रण इकाई, सीसीएमसी खारेजीको माग – Nepal Press

प्रचण्डको नेतृत्वमा माओवादीको कोभिड नियन्त्रण इकाई, सीसीएमसी खारेजीको माग

काठमाडौं । नेकपा (माओवादी) ले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने निर्णय गरेको छ।

बिहीबार सकिएको स्थायी कमिटी बैठकले स्थानीय तहसम्मै हुने गरी त्यस्तो संरचना बनाउने निर्णय गरेको स्थायी कमिटी सदस्य गणेस साहले जानकारी दिए ।

‘प्रचण्डको कमाण्डमा केन्द्रीय कोभिड नियन्त्रण इकाई बनाउने, सदस्य संख्या भने नारायणकाजी श्रेष्ठ लगायतसँग सरसल्लाह गरेर टुंग्याउने र संख्या सकेसम्म सानो बनाउने निर्णय भयो,’ उनले भने, ‘यस अन्तर्गत प्रदेश र स्थानीय तहसम्म कोभिड इकाई रहने छन् । प्रदेशमा भने पार्टीका प्रदेश इन्चार्जले त्यसको नेतृत्व गर्ने छन् ।’ बैठकले त्यस्तो युनिट पाँच दिनभित्र बनाइ सक्न पार्टी कमिटीमा सर्कुलर पठाउने निर्णय गरेको छ ।

सरकार कोरोना नियन्त्रणमा असफल भएको र कमिसन तन्त्रमा फसेको निष्कर्ष निकाल्दै सीसीएमसी खारेजको माग समेत गर्ने निर्णय गरेको छ । आज भएका निर्णयहरूलाई समेटेर भोलि प्रधानमन्त्रीलाई ज्ञापन पत्रमा बुझाउने र त्यसमा सिसीएमसी खारेजीको माग गरिने साहले जानकारी दिए । उनका अनुसार संविधानले सीसीएमसी नचिन्ने भएकोले माओवादीले यसलाई असंवैधानिक भनेको छ ।

अध्यक्ष प्रचण्डकै नेतृत्वमा पार्टी नेताहरूको टोली ज्ञापन पत्र बुझाउन जाने छ । ज्ञापन पत्रको तयारी गर्ने जिम्मा बैठकले स्थायी कमिटी सदस्य वर्षमान पुनलाई दिएको छ ।

त्यस्तै कोभिड नियन्त्रण कोष बनाउने निर्णय पनि बैठकले गरेको छ। कोषमा सरकारबाट सेवा सुविधा लिने पार्टीका नेता तथा कार्यकर्ताले केही रकम बुझाउने छन् ।


प्रतिक्रिया

One thought on “प्रचण्डको नेतृत्वमा माओवादीको कोभिड नियन्त्रण इकाई, सीसीएमसी खारेजीको माग

  1. माओवादी केन्द्र अब साच्चै जिम्मेवार भएर जनताको समस्या समाधानमा अगाडी बढेको पाउदा खुशी लाग्यो . अब कोरोना मात्र होईन . गाउँ गाउँमा उत्पादन टोली बनाएर पार्टी कार्यकर्ता परिचालन गर्नुपर्छ . गाउँ घरको उत्पादनको उचित मूल्य पाउने गरी हरेक गाउँमा उत्पादन संकलन तथा आपूर्ति केन्द्रको स्थापना गर्नुपर्छ . सबै गाउँका विद्यालयलाई प्राविधिक शिक्षा र शीप प्रदान गर्नुपर्छ . शिक्षा निःशुल्क, स्वास्थ्य निःशुल्क गाउँ गाउँमा रोजगारीका अवसर दिने वित्तिकै यो देश सम्पन्न हुन्छ . युवाहरु विदेश गएर दुःख पाईरहनु पर्दैन ।

    Shiva Adhikari
    Ramechhap
    Now
    Babadham Koteswor

Leave a Reply to Shiva Adhiakri Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर