योजना आयोग उपाध्यक्षमा पुनः कडेल नियुक्त, नयाँ पदाधिकारीले लिए सपथ – Nepal Press

योजना आयोग उपाध्यक्षमा पुनः कडेल नियुक्त, नयाँ पदाधिकारीले लिए सपथ

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उपाध्यक्ष कडेलसहित सदस्यहरू डा. कृष्णप्रसाद ओली, डा. उषा झा र मीनबहादुर शाहीलाई नियुक्त गरेको हो ।

पुनः नियुक्तिपश्चात आज सिंहदरबारमा प्रधानमन्त्री एवं आयोगका अध्यक्ष केपी ओलीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।

पदभार सम्हाल्दै उपाध्यक्ष कडेलले ११ स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णयको फाइल सदर गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर