नेपालबाट गुगलमा यो महिना सर्वाधिक खोजिएको विषय- ‘मदर्स डे’ पछि ‘अक्सिजन’ – Nepal Press

नेपालबाट गुगलमा यो महिना सर्वाधिक खोजिएको विषय- ‘मदर्स डे’ पछि ‘अक्सिजन’

काठमाडौं । लिडिङ सर्च इन्जिन गुगलमा नेपालबाट पछिल्लो ३० दिनमा ‘मदर्स डे’ सर्वाधिक खोजिएको छ ।

गुगल ट्रेन्डको डेटाअनुसार अप्रिल २० देखि आझ मे २० सम्मको तथ्याङ्क हेर्दा मे ११ मा यसको सबैभन्दा धेरै खोजी भएको थियो । विश्वव्यापी मदर्स डे भने मे ९ मा मनाइएको थियो

त्यस्तै, नेपालबाट सर्वाधिक खोजिएको दोस्रो कि-वर्ड ‘अक्सिजन’ हो । कोरोना भाइरसको महामारीले उग्र रूप लिएपछि नेपालमा अक्सिजनको अभाव खड्किरहेको छ ।

दैनिक कोरोनाबाट मृत्यु हुनेको स‌ंख्या बढ्नुमा अक्सिजन अभाव प्रमुख कारण बनिरहेको छ । यसकारण पनि नेपालीले दोस्रो सर्वाधिक खोजी गरेको विषय अक्सिजन भएको हो ।

कोरोना भाइरसको महामारीसँगै अनलाइन कक्षा, कार्यक्रम, वेबिनार तथा मिटिङले पुन: स्थान बनाएसँगै ‘जुम एप’को पनि खोजी बढेको देखिन्छ । जुम सर्वाधिक खोजिएको कि-वर्डको तेस्रो स्थानमा छ । चौथो स्थानमा ‘२०२२’ तथा पाँचौं स्थानमा ‘कोरोना भाइरस डिजिज २०१९’ खोजिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *