प्रधानमन्त्री-बेलायती राजदूत भेट, नेपाललाई एस्ट्राजेनेका भ्याक्सिन दिन अनुरोध – Nepal Press

प्रधानमन्त्री-बेलायती राजदूत भेट, नेपाललाई एस्ट्राजेनेका भ्याक्सिन दिन अनुरोध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि बेलायती राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।

सिंहदबारस्थित प्रधानमन्त्री कार्यकक्षमा भएको शिष्टाचार भेटमा दुई देशबीचको आपसी सम्बन्ध र कोरोना महामारीविरुद्धको लडाइँमा हातेमालोको सन्दर्भमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्रीले राजदूत पोलिटसँग कोरोनाविरुद्धको एस्ट्राजेनेका भ्याक्सिन उपलब्ध गराउन अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

ओलीले अहिलेसम्ममको सहयोगका लागि राजदूतमार्फत बेलायत सरकारप्रति आभार पनि व्यक्त गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर