चीनको चेतावनीसँगै क्रिप्टोकरेन्सीमा अत्यधिक गिरावट, लगानीकर्ताले एक दिनमा २६ बिलियन गुमाए – Nepal Press

चीनको चेतावनीसँगै क्रिप्टोकरेन्सीमा अत्यधिक गिरावट, लगानीकर्ताले एक दिनमा २६ बिलियन गुमाए

काठमाडौं । चीनको पिपुल्स बैङ्कले क्रिप्टोकरेन्सीको कारोबारमाथि चेतावनी दिएसँगै बिट्क्वाइनको मूल्यमा अत्यधिक गिरावट भएको छ ।

कुनै समय बिट्क्वाइनको मूल्य ६४ हजार अमेरिकी डलरभन्दा माथि पुर्‍याउनमा महत्त्वपूर्ण भूमिका खेलेको अमेरिकी कार निर्माता कम्पनी टेस्लालले पनि कार बिक्रीमा यसको प्रयोग रोकिसकेको छ ।

टेस्लाका मालिक इलोन मस्कले गरेको उक्त घोषणासँगै एक मिनेटमा ५ प्रतिशतले ओरालो लागेको क्रिप्टो बजारमा चीनले दिएको चेतावनीसँगै पहिरो गएको हो ।

पछिल्लो एक सातामा ३० हजार डलरभन्दा धेरैले घटेको बिट्क्वाइनकोक्ष मूल्य गत २४ घण्टामा ३० हजार अमेरिकी डलरसम्म आइपुगेको थियो । क्रिप्टोकरेन्सीमा अगाडि रहेको चीनले नै यसमा गरेको लगानी निकाल्ने हल्ला चलेसँगै डिजिटल करेन्सी बजारमा यसको प्रभाव देखिएको हो ।

बिट्क्वाइनसँगै अन्य क्रिप्टोकरेन्सीको पनि मूल्यमा गिरावट आएको छ । इथेरम, बाइनान्स क्वाइन, डजक्वाइन लगायतका क्वाइनको मूल्य ६० प्रतिशतसम्म ओरालो लागेको छ ।

इकोनोमिक टाइम्सका अनुसार पछिल्लो २४ घण्टामा मात्रै क्रिप्टोकरेन्सीमा भएको लगानीबाट २६ बिलियन अमेरिकी डलर घाटा भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर