हेटौंडामा राष्ट्रियसभा उप-निर्वाचनकाे मतदान शुरु – Nepal Press

हेटौंडामा राष्ट्रियसभा उप-निर्वाचनकाे मतदान शुरु

काठमाडौं । राष्ट्रियसभाको उप निर्वाचनका लागि हेटौंडास्थित भुटनदेवी विद्यालयमा मतदान शुरु भएको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गरेका छन् ।

त्यस्तै अन्य मतदाता पनि मतदानस्थलमा पुगेका छन् । गृहमन्त्री रामवहादुर थापासहित तीनैजना उम्मेदवार मतदानस्थलमा छन् । एमालेको माधव नेपाल पक्षका मतदाता भने विभाजित देखिएका छन् ।

केहीले पार्टी निर्णय मान्नु पर्ने भन्दै बादलको पक्षमा मतदान गर्नुपर्ने बताइरहेका छन् ।

तर अष्टलक्ष्मी शाक्य लगायतका नेताहरुले पार्टी विवाद नमिलेको र खिमलाल देवकोटाले माधव नेपालकै प्रस्तावमा कांग्रेस र माओवादीले समर्थन गरेकाले आफूहरुको उम्मेदवार देवकोटा नै रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर