बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु – Nepal Press

बाँकेमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

रूपन्देही । कोरोना संक्रमणका कारण गयराती बाँकेमा ८ जनाको मृत्यु भएको छ । बुधबार साँझ ५ बजेदेखि मध्यराति १ बजेका बीचमा ८ जनाको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

भेरी अस्पतालमा उपचाररत ७ जना र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत १ जना संक्रमितको मृत्यु भएको हो ।

डीसीसीएमसी बाँकेका अनुसार मृत्यु हुनेमा गत बैशाख २७ गते भेरी अस्पताल भर्ना भएका डुडुवा ५ बाँकेकी २८ वर्षीया महिला, जेठ ३ गते भेरीमै भर्ना भएका खजुरा ३ बाँकेका ८५ वर्षीय पुरुष, जेठ ५ गते भेरी अस्पताल पुगेका बाँसगढी बर्दियाका ४२ वर्षीय पुरुष र जेठ ३ गते भेरी अस्पताल भर्ना भएका तुलसिपुर दाङका ६५ वर्षीय पुरुष रहेका छन् । त्यसैगरि ४ गते भेरी अस्पताल भर्ना भएका बढैयाताल बर्दियाका ४५ वर्षीय पुरुष, ४ गते नै भेरीमा भर्ना भएका घोडाघोडी कैलालीका ४५ वर्षीय पुरुष, ३ गते सोही अस्पताल भर्ना भएका गुलरिया ४ बर्दियाकी ६५ वर्षीया महिला र ५ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर भर्ना भएका राप्ती सोनारी ६ बाँकेका ५४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज वलीले जनाएका छन् ।

यससँगै कोरोनाका कारण जिल्लाभित्र मृत्यु हुनेको संख्या २५६ पुगेको छ भने जिल्ला बाहिरको मृतकको संख्या २१४ पुगेको छ । केही दिनयता संक्रमितको संख्या घटेपनि मृत्युदर घटेको छ‌ैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर