विवेकशील साझाले आज कसैलाई भोट नदिने, अबदेखि मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न माग – Nepal Press

विवेकशील साझाले आज कसैलाई भोट नदिने, अबदेखि मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न माग

काठमाडौं । विवकेशील साझा पार्टीले आज भइरहेकाे राष्ट्रियसभा उपनिर्वाचनमा कुनै पनि उम्मेदवारको पक्षमा मतदान नगर्ने भएको छ ।

अहिले चुनावी मैदानमा रहेका कुनै पनि उम्मेदवारबाट पार्टीले अपेक्षा गरेको भूमिका निर्वाह नहुने ठहर गर्दै विवेकशील साझाले निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको हो ।

साे पार्टीका वागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले आज प्रेस विज्ञप्ति जारी गर्दै विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मतपत्रमा नो भोट को विकल्प शीघ्र लागु गर्न समेत निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् ।

वागमती प्रदेशमा विवकशील साझा पार्टीका तीन जना प्रदेश सभा सदस्य छन् ।


प्रतिक्रिया

One thought on “विवेकशील साझाले आज कसैलाई भोट नदिने, अबदेखि मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न माग

  1. राप्रपाले भोट हाल्ने निर्णय गर्नु र बिबेकशिलले बिबेक गुमाएर भोट नगर्नु भनेको प्रतिगमनकारी क. बादललाइ सहयोग गर्नु हो!तिम्रा हिजोका आन्दोलन देखाउने दात मात्र रहिछन ! कसैलाई भोट नगर्ने नीति लिएका छौ भनी जनतालाई नझुक्याउ,मूर्ख नबनाउ,तिम्रा यहि मतिले स्वर्ग देख्नेछौ!!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर