रामेछापका सबै स्थानीय तहमा एन्टिजेन परीक्षण हुने, एमाले नेता गौतमले दिए किट – Nepal Press

रामेछापका सबै स्थानीय तहमा एन्टिजेन परीक्षण हुने, एमाले नेता गौतमले दिए किट

रामेछाप । नेकपा एमाले रामेछाप जिल्ला कमिटीले पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा निर्माण व्यवसायी रत्न गौतममार्फत उपलब्ध भएका स्वास्थ्य सामाग्री जिल्ला कोभिड व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको छ ।

डीसीसीएमसीका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूलाई बुधबार साँझ एमालेले एक हजार थान एन्टीजेनसहितका सामाग्री हस्तान्तरण गरेको हो । एमाले नेता एवं निर्माण व्यवसायी रत्न गौतमले नेकपा एमाले रामेछाप मार्फत ती सामाग्री उपलब्ध गराएका हुन् ।

कोभिड परीक्षण गर्ने एन्टिजेनको एक हजार थान किट उपलब्ध गराइएको एमाले रामेछापका सचिव पुरुषोत्तम कडेरियाले जानकारी दि ए । जिल्लामा स्वाब संकलन गर्ने मेशिन नहुँदा बाहिर पठाउनु पर्ने र रिपोर्ट आउन ढिलो हुने भएकोले तुरुन्तै संक्रमण पत्ता लगाउन सकिने सो किटको माग उच्चभएकोले उपलब्ध गराइएको कँडरियाको भनाइ छ ।

अहिलेको बजार मूल्य अनुसार करिब ११ लाख मूल्य बराबरका ती सामाग्री प्रदान गरिएको एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले बताए ।

अक्सिजन प्लान्ट निर्माण र आईसीयू बेड स्थापनाको लागि प्रदेश सरकारसँग समन्वय गरिरहेको बताउँदै श्रेष्ठले अक्सिजन सिलिण्डरको तत्काल आवश्यक पर्ने अवस्था आए त्यसको जोहो गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी सैंजूले सो किटको कारण स्वास्थ्य परीक्षणमा सहज हुने बताए । आफूले प्रदेश सरकारसँग समेत एन्टिजेन किट माग गरिरहेको अवस्थामा प्राप्त भएको सो किटले सहयोग बताए ।

प्राप्त किट रामेछाप अस्पताल र मन्थली नगरपालिकालाई दुई दुई सय र बाँकी ६ वटा गाउँपालिकालाई एक एक सयका दरले वितरण गरिने पनि प्रजिअले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *