कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार – Nepal Press

कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेमाथि गोली प्रहार

रूपन्देही । नेकपा (माओवादी केन्द्र) कपिलवस्तुका नेता दीपक पाण्डेमाथि गोली प्रहार भएको छ । बुधबार राति अज्ञात समूहले प्रहार गरेको गोली लागेर पाण्डे घाइते भएका छन् ।

उनीसहित भारतीय नागरिक इयाज अक्तर सवार मोटरसाइकलमाथि गोली प्रहार भएको थियो । पाण्डेलाई दुई गोली र अक्तरलाई १ गोली लागेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

राती ११ बजे तौलिहवा-जीतपुर सडकखण्डमा पर्ने सडवा भन्ने स्थानमा पाण्डेमाथि गोली प्रहार भएको उनले बताए ।

पाण्डे तौलिहवाका बासिन्दा हुन् । उनको शरीरका दुई गोली लागेको जनाइएको छ । गोली प्रहार लगत्तै दुवैलाई कपिलवस्तुमा उपचार हुन नसकेपछि रूपन्देहीको मेडिकल कलेजमा लगिएको थियो ।

गोली किन र कसले हान्यो अझै खुल्न सकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यता माओवादी केन्द्रका कपिलवस्तु जिल्ला सचिव रामचन्द्र शाहले घटना आफूहरुले थाहा पाएको र यसको बारेमा थप बुझ्न खोजेको बताए । पाण्डे पार्टीको जिल्ला सदस्य रहेको सचिव शाहले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर