काठमाडौं प्रहरी परिसरका डीएसपी केसीको काेराेनाबाट निधन – Nepal Press

काठमाडौं प्रहरी परिसरका डीएसपी केसीको काेराेनाबाट निधन

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी राजकुमार केसीको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रहरी अस्पतालमा उपचारको क्रममा केसीको ४३ वर्षको उमेरमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले नेपाल प्रेसलाई जानकारी दिए ।

दुई साताअघि कोरोना पुष्टि भएका उनलाई स्वास्थ्य जटिल बनेपछि अस्पताल भर्ना गरिएको थियो ।

काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकास्थित मूलपानी घर भएका डीएसपी केसी ५८ सालमा प्रहरी सहायक निरीक्षकबाट सेवा प्रवेश गरेका हुन् । २०६१ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा उत्तीर्ण भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर