देउवाले बिहीबार ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने – Nepal Press

देउवाले बिहीबार ओलीलाई ध्यानाकर्षण पत्र बुझाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच विहीबार भेटवार्ता हुने भएको छ ।

सभापति देउवाले कोभिड १९ को बढ्दो संकटबारे सरकारको ध्यानाकर्षण गराउन प्रधानमन्त्री ओलीसंग भेटको समय मागेका थिए ।

कांग्रेस नेताहरुले विहीबार बिहान नौ बजे सिंहदरबारमा भेट हुन लागेको बताएका छन् । भेटमा सभापति देउवाले कांग्रेसको तर्फबाट सरकारलाई ध्यानाकर्षण पत्र बुझाउनेछन् ।

कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारबारे सरकारलाई खबरदारी गर्न कांग्रेसले ध्यानाकर्षण पत्र बुझाउन लागेको हो ।
प्रधानमन्त्रीसंगको भेटका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित पदाधिकारीहरुलाई खबर गरिएको छ ।

आज बसेको कांग्रेस संसदीय दलको बैठकले कोरोना रोकथाममा सरकार असफल भएको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरेको थियो ।

बैठकले राष्ट्रिय सभा उप निर्वाचनको मौन अवधी सुरु भइसकेपछि प्रधानमन्त्रीले उम्मेदवारका पक्षमा मत मागेर निर्वाचन आचारसंहिता उल्लघंन गरेको समेत ठहर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर