एमाले वार्ता टोलीको दोस्रो भेट अचानक स्थगित – Nepal Press

एमाले वार्ता टोलीको दोस्रो भेट अचानक स्थगित

काठमाडौं । नेकपा एमालेको वार्ता टोलीको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । साँझ ७ बजे सिंहदरवारमा बस्ने भनिएको बैठक आन्तरिक तयारीका लागि भन्दै स्थगित गरिएको हो ।

अरु महत्वपूर्ण छलफल अघि बढाउने प्रक्रिया चलिरहेकाले आजको वार्ता भोलिसम्मका लागि स्थगित भएको एमाले प्रवक्ता तथा वार्ता टोली सदस्य प्रदिप ज्ञवालीले बताए ।

स्रोतका अनुसार अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीच वार्ता गराउने र बादलको पक्षमा माधव नेपालले वक्तव्य जारी गर्ने प्रयास पनि दिनभरी भइरहेको थियो ।

हिजो बसेको बैठकले कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय गरेको थियो ।

पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गर्ने निर्णय पनि कार्यदलले गरेको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको ‘वान टू वान’ वार्तापछि आइतबार १० सदस्यीय कार्यदल बनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर