बादलसँगै हेटौंडा पुगेका बास्कोटाले भने : एमालेको सुरक्षित जीवन सत्यको कसीमा विश्लेषण गरौं – Nepal Press

बादलसँगै हेटौंडा पुगेका बास्कोटाले भने : एमालेको सुरक्षित जीवन सत्यको कसीमा विश्लेषण गरौं

हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामवहादुर थापा वागमति प्रदेशका एमालेका शीर्ष नेतासहित हेटौंडा आइपुगेका छन् । विहीबार हुने मतदानको पूर्वसन्ध्यामा बादल बुधवार हेटौंडा आएका हुन् ।

एमाले वागमती प्रदेशका इन्चार्ज समेत रहेका बादलसँगै सह-इन्चार्ज तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा लगायतका नेता हेटौंडा आएका छन् ।

बादलले यहाँ पार्टीका नेता र एमालेका मतदाताहरुसँग छलफल गरेका छन् । राष्ट्रियसभाका लागि विहीबार विहान ९ बजेबाट मतदान हुँदैछ । यसैबीच एमाले नेता गोकुल बास्कोटाले वागमती प्रदेशमा विहीबार हुने राष्ट्रियसभा निर्वाचनको परिणामले एमाले एकता जोगिने वा टुट्ने निधो हुने संकेत गरेका छन् ।

हेटौंडा पुगेका बास्कोटाले ट्वीट गर्दै भनेका छन्- बाग्मती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिने चुनाबको मानिसहरु काउण्ट-डाउन गर्न थालेका छन । तर त्यो भन्दाबढी देशको सबभन्दा ठलो पार्टी एमालेको सुरक्षित जीवनको चासो चै सोकारवालाले राखेको सत्यको कसीमा विश्लेषण गर्नु बस्तुनिष्ठ हुने पक्का हुन्छ है।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर