रेमडेसिभिर औषधि नेपालमै उत्पादन हुने, यसै महिना बजारमा आइपुग्ने – Nepal Press

रेमडेसिभिर औषधि नेपालमै उत्पादन हुने, यसै महिना बजारमा आइपुग्ने

काठमाडौं । कोरोनाभाइरस संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेमडेसिभिर अब नेपालमै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले वीरगञ्जमा कारखाना रहेको नेसनल हेल्थ केयरलाई औषधि उत्पादनका लागि अनुमति दिएको छ।

विभागले अहिले औषधि उत्पादनका लागि मात्र अनुमति दिएको वरिष्ठ औषधि व्यवस्थापक तथा सूचना अधिकारी सन्तोष केसीले बताए । औषधिको बजार बिक्रीका लागि भने अनुमति नदिइएको उनले जानकारी दिए ।

औषधि उत्पादनको प्रक्रियामै रहेको जनाउँदै उनले प्रक्रिया पुरा भएपछि बजारमा बिक्री गर्न अनुमति दिएको बताए ।

स्वदेशमै उत्पादन हुने भएपछि रेमडिसिभिर औषधिको माग केही कम हुने विभागको अनुमान छ। जेठ महिनाको अन्तिमसम्ममा औषधि बजारमा आउने बताइएको छ।

नेसनल हेल्थकेयरका मार्केटिङ उपाध्यक्ष अजय पाण्डेले चीनबाट कच्चा पदार्थ ल्याउने प्रक्रिया सुरु भइसकेको जानकारी दिए।

उनका अनुसार मे महिनाको अन्तिसम्ममा चीनबाट कच्च पदार्थ आउनेछ र औषधि उत्पादन सुरु हुने भएको छ । कच्चा पदार्थ आएको १५ दिनभित्र औषधि बजारमा लैजाने हिसाबले कम्पनीले काम अगाडि बढाएको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *