स्वास्थ्य सामाग्री लिएर स्पेनी चार्टर जहाज भोलि काठमाडौं आउँदै – Nepal Press

स्वास्थ्य सामाग्री लिएर स्पेनी चार्टर जहाज भोलि काठमाडौं आउँदै

काठमाडौं । स्पेनले नेपाललाई उपलब्ध गराउने अत्यावश्यक स्वास्थ्य सामाग्री विहिबार काठमाडौं आइपुग्ने भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार भोलि दिउँसो ती सामाग्री लिएर स्पेनी चार्टर जहाज आइपुग्न लागेको हो ।

परराष्ट्र प्रवक्ता सेवा लम्सालका अनुसार अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनट्रेटर, र्‍यापिड टेस्ट, मास्क लगायतका सामाग्री लिएर जहाज काठमाडौं आइपुग्ने भएको हो ।

स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा पनि ती सामाग्री लिएर काठमाडौं आइपुग्दैछिन् ।

बुधबारै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र स्पेनी समकक्षी अरन्जा गोन्जालेजबीच टेलिफोन संवाद भएको छ । ज्ञवालीले स्वास्थ्य सामाग्री सहायताबारे स्पेनलाई धन्यवाद दिएका थिए ।

स्पेनी विदेश मन्त्रालयका अनुसार विदेशमन्त्री गोन्जालेजले लकडाउनले नेपालमा अलपत्र भएका स्पेनी नागरिकलाई उद्दार गरेकोमा नेपाललाई धन्यवाद दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर