दुई किशोरीको डुबेर मृत्यु – Nepal Press

दुई किशोरीको डुबेर मृत्यु

सप्तरी । कञ्चनरुप नगरपालिकामा दुई किशोरीको आज पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिका-९ बस्ने रामकृष्ण सरदारकी छोरी २० वर्षीया कुन्ती र सोही ठाउँका इन्दल सरदारकी छोरी १२ वर्षीया रोशनीको डुबेर मृत्यु भएको हो ।

रोक्दा रोक्दै घरबाट निक्लेकी छोरीको घर नजिकैकौ पोखरीमा डुबेर बाहिर ननिक्लिएको खबर आएको रोशनीकी आमा मञ्जुले बताइन् ।

पोखरीबाट निकालेर राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याएर परीक्षण गराउँदा चिकित्सकले मृत घोषणा गरेको मञ्जुले बताइन् । शवलाई पोष्टमार्टमका लागि अस्पतालकै शवगृहमा राखिएको अस्पतालले जनाएको छ ।
-रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *