गण्डकीमा पुनर्नियुक्ति पाएका मन्त्रीले लिए सपथ, मन्त्रालय संख्या १० बनाउने तयारी – Nepal Press

गण्डकीमा पुनर्नियुक्ति पाएका मन्त्रीले लिए सपथ, मन्त्रालय संख्या १० बनाउने तयारी

पोखरा । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिमण्डल विस्तार गरेका छन् ।  मन्त्रीहरू पुरानै अनुहारका छन् ।

पुनर्नियुक्त भएकामध्ये किरण गुरुङको मात्रै आर्थिक तथा मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । बाँकी रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनमगरको जिम्मेवारी भने तोकिएको छैन । उनीहरूलाई मुख्यमन्त्री गुरुङको उपस्थितिमा प्रदेश प्रमुख सीता पौडेलले सपथ ग्रहण गराएकी हुन् । आजै बस्ने मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूको जिम्मेवारी बाँडफाँट गर्ने स्रोतले जानकारी दिएको छ ।

पुनर्नियुक्त भएका मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ भने सपथमा सहभागी भएनन् । उनी कामविशेषले जिल्लाबाहिर भएकाले सपथग्रहण कार्यक्रममा सहभागी हुन नपाउने बिहानै मुख्यमन्त्री गुरुङलाई जानकारी दिएको बताइएको छ ।

सपथग्रहण समारोहमा सभामुख नेत्रनाथ अधिकारी भने सहभागी भएनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर