सेती अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान – Nepal Press

सेती अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान

कैलाली । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ३३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरिएको छ ।

कोरोना संक्रमितकाे उपचारमा अक्सिजनको चरम अभाव भइरहेको प्रदेशमा वटा अक्सिजन कन्सन्ट्रेटर जडान पछि केही सहज हुने अपेक्षा गरिएको छ ।

सङ्घीय सरकारबाट प्राप्त भएका २४ वटा , प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले दिएका ६ वटा र धनगढीका हार्डवेयर व्यवसायी सुरेन्द्र राँठीले हस्तान्तरण गरेका ३ वटा अक्सिजन कन्सन्ट्रेटर जडान गरेर काम थालिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज थापाले जानकारी दिए ।

अहिले अस्पतालमा अक्सिजन कन्सन्ट्रेटरले प्लान्टबाट सिलिण्डर भरेर संक्रमितको बेडसम्म पुगाउनुपर्ने झन्झट समेत हटेको छ । यसले गर्दा कोरोना संक्रमितहरुको उपचारमा सहज हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर