बाँकेमा १४ घण्टा भित्रमा १७ संक्रमितको मृत्यु – Nepal Press

बाँकेमा १४ घण्टा भित्रमा १७ संक्रमितको मृत्यु

दाङ । बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अत्याधिक बढेको छ । हिजो बेलुका ५ बजेदेखि आज बिहान साढे ६ बजेसम्म १४ घण्टाको अवधिभित्र १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ८ जना बाँकेका हुन भने ९ जना बाहिरी जिल्लाका रहेका छन ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रका अनुसार नेपालगञ्ज १८ की ७३ बर्षिया महिलाको भेरी अस्पतालमा हिजो बेलुका ५ः१५ बजे मृत्यु भएको छ । गढवा ७ दाङकी ३० बर्षिया महिलाको पनि हिजो बेलुका ५ बजे नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

त्यसैगरी, सानोभेरी ११ रुकुमका ३६ बर्षका पुरुषको हिजो राती साढे ८ बजे मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । सोही अस्पतालमा कोहलपुर १२ का ४१ बर्षिय पुरुषको हिजो राती ८ः३५ बजे मृत्यु भएको छ । बढैयाताल २ बर्दियाका ८४ बर्षिय पुरुषको मंगलबार राती ८ः४५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । हिजो राती ९ बजे नेपालगञ्ज ६ का ४५ बर्षिय पुरुषको भेरी अस्पतालमा मृत्यु भएको छ ।

मेडिकल कलेज कोहलपुरमा राप्तीसोनारी २ बाँकेका ५९ बर्षिया महिलाको गएराती ११ः३० बजे मृत्यु भएको छ । टिकापुर १६ कैलालीका २८ बर्षिय पुरुषको भेरी अस्पतालमा आज बिहान २ बजे मृत्यु भएको छ । कोहलपुर ११ बाँकेकी ५८ बर्षिया महिलाको बिहान ३ बजे मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

त्यसैगरी,नेपालगञ्ज ३, बाँकेका ६१ बर्षका पुरुषको मेडिकल कलेज कोहलपुरमा बिहान ४ बजे मृत्यु भएको छ । सोही अस्पतालमा त्रीवेणी १ रुकुमकी २७ बर्षिया महिलाको बिहान ४ बजे मृत्यु भएको छ । नेपालगञ्ज ४ का ६७ बर्षिय पुरुषको बिहान ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । मेडिकल कलेज कोहलपुरमा कोहलपुर ४ बाँकेका ४२ बर्षिय पुरुषको आज बिहान ४ः१५ बजे मृत्यु भएको छ ।

ठाकुरबाबा ९ बर्दियाका ६३ बर्षिय पुरुषको बिहान ५ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । सोही अस्पतालमा ठाकुरबाबा १ बर्दियाकै ३८ बर्षिया महिलाको बिहान ५ः१५ बजे मृत्यु भएको छ । भेरी अस्पतालमै तुलसीपुर २ दाङका ६५ बर्षिय पुरुषको बिहान ५ः३० बजे र लम्की चुहा ५ कैलालीकी ६८ बर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले जनाएको छ ।

योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २५३ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर