घर फर्किनेको भीड उस्तै – Nepal Press

घर फर्किनेको भीड उस्तै

काठमाडौं । तीव्र रुपमा फैलिएको कोरोना संक्रमण नियन्त्रणका लागि काठमाडौं उपत्यकामा तीन सातादेखि निषेधाज्ञा जारी छ । निषेधाज्ञाले पनि कोरोना नियन्त्रण नभएपछि काठमाडौंको चन्द्रागिरी नगरपालिकामा सिल गरिएको छ ।

नगरपालिकाबाट गाउँ जानका लागि सर्वसाधरणहरु निषेधाज्ञामा पनि गाउँ जाने क्रम रोकिएको छैन । सरकारले निषेधाज्ञा अघि नै गाउँ जाने समय दिएको थियो । तर निषेधाज्ञा लम्बिदै गएपछि कंलकीबाट गाउँ फर्केनेको भिड उतिकै रहेको छ । कंलकीबाट दैनिक बसहरु विभिन्न जिल्लाहरुमा पुगिरहेका छन् ।

सिल गरिएको चन्द्रगिरी नगपालिकाका विभिन्न ठाउँबाट हिडेर गाउँ जानका लागि सर्वसाधारणहरु कलंकी आउने गरेका छन् । चन्द्रागिरी नगरपालिकाले कोरोना नियन्त्रणको लागि भनेर केही दिन अगाडि निषेधाज्ञामाथि सिल नै गरेको थियो । तर सिल गरेपनि चन्द्रागिर नगरपालिकाको विभिन्न ठाउँबाट हिडेर साँझको समयमा ढुङगेअडड आएर यात्रुहरु बस कुर्ने गरेका छन् ।

उपत्यकाको विभिन्न ठाउँबाट हिडेर कलंकी आएर सडकमा नै रात बिताएर समेत यात्रुहरु गाउँ जाने क्रम अझै रोकिएको छैन ।
शिवपुरीबाट वीरगञ्ज घर जान आएका नबिन यादव एक रात बन्द गरेको सटरमा आड लगाएर नै बिताएको बताए ।

यादवले भने, ‘म शिवपुरीबाट गाउँ जान दिउँसो ३ बजे हिडेको थिए । कलंकी आइपुग्दा रातिको ८ बजेको थियो । मैले सम्पर्क गरेको गाडी ७ बजे नै कलंकीबाट गएछ । म राति बन्द सटरमा अडेसा लगाएर बसे । घरमा आमाको मूत्यु भएको कारणले जतिसक्दो चाडो घर पुग्नु भर्ने थियो । तर बन्दको कारणले गर्दा चाहेको समयमा घर जान सकिएन । अब आज बेलुकाको गाडीमा घर जाने छु ।’

आमाको मृत्यु हुँदा पनि समयमा नै गाउँ जान सकिएन । गाडी नै रिर्जाभ गरेर गाउँ जानसक्ने अवस्था नभएको यादवले बताए ।
उनी काठमाडौंमा मजदुरी गरेर गाउँमा परिवार पालिरहेका थिए ।

पहिलेको लकडाउनमा पनि उनले दैनिक मजदुरकोकाम गरेको बताए । अहिले पनि उनको निरन्तर काम थियो तर आमा मूत्यु भएर घर जान लागेका हुन् । त्यस्तै, चन्द्रागिरी नगरपालिकाको मातार्तिथबाट हिडेर कलंकी नजिकै ढुङगेअडड आएर पोखरा आफ्नो गाउँ जान रमेश गुरुङ बस पर्खेर बसिरहेका थिए ।

गुरुङले भने, ‘सबलाई सम्पर्क गरेर कुरिरहेको छु । बस बेलुका ७ बजे आउछ भनेको छ । पोखराको बस काउन्टरमा नै सम्पर्क गरेर बल्ल बस मिलेको छ । पहिले काठमाडौंबाट पोखरा जान ५ सय भाडा लाग्ने गरेको थियो । अहिले मैले २ हजार भाडा तिरेर जान लागेको हुँ ।’

मातार्तिथ बस्ने गुरुङले ब्लग उद्योगमा काम गर्ने गरेका थिए । नगरपालिका सिलले काम बन्द भएर गाउँ जान सडकमा आएर बसेका हुन् ।
चितवान घर जान बालजुबाट कलंकी आएका नवराज लामा पनि गाडी कुरिरहेका थिए । उनी ठेलामा तरकारी बेच्ने काम गर्थे । बन्द भएपनि केही दिन तरकारी बेचे पनि अहिले प्रहरीले तरकारी बेच्न नदिएको कारणले गाउँ जान लागेको बताए ।

चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरीले आफ्नो नगरपालिका भित्रका कसैले पनि गाउँ जान पर्यो भनेर जानकारी नगराएको बताए ।गिरीले भने, ‘राजमार्ग गाउँ जाने यात्रु जम्मा भएपनि नगरपालिकाले केही गर्न मिल्दैन । नगरपालिकाले राममार्गमा केही हस्तक्षेप गर्न पाउँदैन । विभिन्न जिल्लाबाट मेरो नगरपालिका भित्र बसेकाहरु समस्या परेर गाउँ जान चाहेमा स्थानीय तहले पासको व्यवस्था गरि गाडी मिलाउने छ । तर अहिलेसम्म नगरपालिकामा निषेधाज्ञा र सिलको कारणले खान बस्न समस्या भएको छ भनेर कोही पनि आएका छैन्न ।’

समस्या नै परेर नगरपालिकालाई जानकारी गराए समस्याको सामाधान गराउने गिरीले बताए । नेपाल प्रहरीका प्रवक्ता बसन्त बहादुर कुँवरले अहिले अतिआवश्यक प्रयोजनका लागि मात्रै बसहरु सञ्चालन भएको बताए ।

कुँवरले भने, ‘अहिले बस सञ्चालनको लागि पासको कुनै व्यवस्था छैन् । अतिआवश्यक परेका थोरै मात्र सब सञ्चाल भएको छ । हामीले यात्रुसँग धेरै भाडा लिएको छ कि भनेर नियमित खोजिरहेका छौं । यात्रुले धेरै भाडा लिएको उजुरी दिएमा त्यसलाई तत्कालै कारवाही गर्ने गरिएको छ ।’

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले बस सञ्चालन भएको बारे कुनै जानकारी नै नभएको बताएको छन् ।

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर