लमजुङ भुकम्प अपडेट: २७ घरमा क्षति, घाइते एकजनालाई चितवन रेफर – Nepal Press

लमजुङ भुकम्प अपडेट: २७ घरमा क्षति, घाइते एकजनालाई चितवन रेफर

पोखरा । बुधबार बिहान लमजुङ मर्स्याङदी गाउँपालिका केन्द्र बनाएर गएको भुकम्पमा परी २७ घरमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रवक्ता तथा डिएसपी गंगा थापाका अनुसार भुकम्पमा परी ६ जना घाइते भएका छन् ।

डिएसपी थापाका अनुसार घाइतेमध्ये एकजनाको अवस्था गम्भीर भएकाले थप उपचारका लािग चितवन पठाइएको छ । ‘एक जनाको टाउकोमा चोट लागेको छ ।

त्यसैले थप उपचारका लागि चितवन पठाइएको छ,’ उनले भने । डिएसपी थापाले भुकम्पको क्षतिबारे थप विवरण आउन अझै बाँकी छ । ‘अहिले सबै निकायलाई खबर गरेर हाम्रा जवानहरु खटाएका छौं । क्षति विवरण आउन अझै बाँकी छ,’ उनले भने ।

लमजुङ केन्द्रविन्दु बनाएर बुधबार बिहानमात्र ३ पटक भुकम्प गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर